नियम ८
अनुसन्धान अधिकृत तोक्ने
(१) नियम ७ बमोजिम प्रारम्भीक छानबिन गर्दा वा प्राप्त सूचनाका आधारमा राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकात गर्नु पर्ने देखिएमा महानिर्देशक आफैले अनुसन्धान तथा तहकिकात गर्न वा कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत तोकी निजबाट अनुसन्धान तथा तहकिकात गराउन सक्नेछ ।
(२) महानिर्देशकले उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत तोक्दा ऐनको दफा ८ बमोजिम अनुसन्धान तथा तहकिकात सम्पन्न गर्नु पर्ने अवधि समेत तोकी सहयोगी कर्मचारीलाई समेत खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अनुसन्धान तथा तहकिकात सम्पन्न हुन नसकेमा सोको कारण खुलाई अनुसन्धान अधिकृतले महानिर्देशक समक्ष थप अवधि माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम थप अवधि माग गरेकोे व्यहोरा मनासिब देखिएमा कसूरको प्रकृति तथा अनुसन्धान तथा तहकिकातमा भएको प्रगति समेतलाई विचार गरी महानिर्देशकले एकै पटक वा पटक पटक गरी बढीमा तीस दिनसम्म अवधि थप गरिदिन सक्नेछ ।
(५) महानिर्देशकले अनुसन्धान अधिकृत तोक्ने पत्रको ढाँचा अनुसूची–४ बमोजिमको हुनेछ ।